News

  • Home
  • News
  • गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक सम्पन्न

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक सम्पन्न



गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक ११ जनवरी २०१९ का दिन सम्पन्न भएको छ । उक्त बैठक प्रत्यक्ष उपस्थितिमा र आधुनिक प्रविधि प्रयोग गरी स्काइप मार्फत संचालन भएको थियो ।
संघको कार्यहरुको वार्षिक समिक्षा एवं आगामी रणनीति तयार गर्न बैठक आयोजना भएको थियो । उक्त बैठकले गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन यही आउने २०१९ को अक्टोबर १३ देखि १६ सम्म आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो ।

 

 

यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माणको प्रगतिको समिक्षा गरेको थियो । यस्तै जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गरी प्रज्वलीकरण योजना समेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ ।

यसैगरी नेपालमा आर्थिक लगानीसँगै ज्ञान सीप र प्रविधि भित्र्याउने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइडोपावरमा लगानी गर्ने, एक सय मिलियन डलरको लगानी नेपालमा भित्र्याउने योजनालाई मूर्त रुप दिने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्ने लगायतका आगामी रणनीति समेत तय गरेको छ । बैठकमा संघलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने सम्बन्धमा घनीभूत छलफल गरिएको छ । यस्तै गैरआवासीय अन्तराष्टिय पत्रकारिता पुरस्कारका लागि छनोट कमिटी बनाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा विभिन्न संघका विभिन्न समिति, उपसमिति र कार्यदलहरुले आआफ्नो वार्षिक कार्य प्रगति पेश गरेका थिए । उक्त बैठकमा प्रत्यक्ष र अनलाइन मार्फत संघका अध्यक्ष लगायत अन्य आइसिसिका पदाधिकारी र सदस्यहरु, संरक्षक परिषदका सदस्यहरु, सल्लाहकारहरु, विभिन्न समिति, उपसमिति र कार्यदलका सभापति तथा संयोजकहरु, मानार्थ समितिका सदस्यहरु र विभिन्न मुलुकका एनसिसिका पदाधिकारी तथा सदस्यहरुले सहभागीता जनाउनु भएको थियो ।

गैरआवासीय नेपाली संघ ।