Press Release

  • Home
  • Press Releases
  • विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर नेपाल आइपुगेको सम्वन्धी प्रेस बिज्ञप्ति

विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर नेपाल आइपुगेको सम्वन्धी प्रेस बिज्ञप्ति


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँआफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे (५ जुन २०२१काठमाण्डौँमा आइपुगेको जानकारी गराउँदछौं । जसमा यूकेबाट १५०अष्ट्रेलियाबाट १००क्यानाडाबाट ७५जर्मनीबाट ३०दक्षिण कोरियाबाट २०इटालीबाट १०चीनबाट ७ वटा र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटरको खरीदका लागि आर्थिक सहायता प्राप्त भएको हो 

चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृया सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो ।

यसैगरीगैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ ।

विश्वभरीबाट प्राप्त बाँकि आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको समेत जानकारी गराउँदछौँ ।

संघको अभियानमार्फत सहयोग गर्नु हुने विदेशस्थित दुताबासकूटनीतिक नियोगसंघका राष्ट्रिय समन्वय समिति सहयोगदातालगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघ हार्दिक आभार व्यक्त गर्दछौँ  । 

डिबी क्षेत्री

प्रवक्तागैरआवासीय नेपाली संघ ।

०५ जुन २०२१