गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल प्रविधियुक्त बनाउन SMART NRNA Project को काम सुरु
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल प्रविधियुक्त बनाउन SMART NRNA Project को काम सुरु भएको छ । टेण्डरमार्फत नेपालको एक कम्पनीलाई यसको जिम्मा दिईएको छ । उक्त कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको SMART NRNA Committee सँग संयोजन गरेर काम गर्नेछ । संघ नयाँ ईरामा प्रवेश गरेको छ, र संघलाई समयसापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषे ढुङ्गा हुनेछ । SMART NRNA Project प्रयोगमा आए पछि संघ नयाँ युगमा प्रवेश गर्ने छ भने संघलाई समयसापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषे ढुङ्गा हुने संघका महासचिव डा हेमराज शर्माले बतालउनु भएको छ ।
स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ । सदस्यता फाराम आ–आफ्नो मोबाइलबाट भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ ।
यसैगरी संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ । सदस्यहरुले आ–आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्ने छन् । प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ भने संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिनेछ ।
सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिनेछ । सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्ने छन् भने निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन ।
हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाईटको व्यवस्था गरिनेछ । वेभसाईटमा एकरुपता ल्याईनेछ भने आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ ।
संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्री तयार गरिने संयोजक जोशीले बताउनु भयो ।
स्मार्ट एनआरएनए समिति
गैरआवासीय नेपाली संघ ।