गैरआवासीय नेपाली संघद्वारा विभिन्न एनसिसिहरुलाई आर्थिक सहयोग गर्ने निर्णय
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड १९) पिडित देशका विभिन्न एनसिसिहरुलाई आर्थिक सहयोग दिने भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अनुसार कोभिड १९ बाट बढी प्रभावित देश मध्येका थप ५ देशको लागि संघले आर्थिक सहयोग गर्ने भएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराई ५०००, स्पेन ५०००, पोर्चुगल ५०००, ईटाली ५००० र माल्टा ३००० अमेरिकी डलर प्राप्त गर्ने भएका छन् ।
संघले पहिलो चरणमा मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई ५–५ हजार युएस डलर र युरोपको साइप्रसलाई ३ हजार युएस डलर रकम सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार २७ देशमा रहेका ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
गैरआवासीय नेपाली संघ ।