News

  • Home
  • News
  • Labour Summit गर्नको लागि माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसंग भेटघाट सम्पन्न ।

Labour Summit गर्नको लागि माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसंग भेटघाट सम्पन्न ।



गैरआवासीय नेपाली संघको एक टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय रामेश्वर राय यादवज्यूसंग भेटघाट गर्यो । संघको तर्फबाट उपाध्यक्ष डा. बद्रि के. सी., सल्लाहकार रामेश्वर साह र कार्यकारी निर्देशक राजेश शम्शेर राणा र मन्त्रालयको तर्फबाट माननीय मन्त्रीज्यू सहित वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार प्रसाद दाहाल र वैदेशिक रोजगार वोर्डको कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, संघको अध्यक्ष कुमार पन्तले मन्त्रीज्यूसंग फोनको मध्यमबाट आफ्नो कुरा राख्नु भएको थियो ।

वैदेशिक रोजगारबाट फर्केका र देशमै बेरोजगार रहेका युवाहरुलाई लक्षित गरि तथा उपयुक्त वैदेशिक रोजगारको आकर्षक गन्तब्य पहिचान गर्ने उदेश्य अनुरुप “Labour Summit” गर्ने बारे छलफल भएको थियो । मन्त्रीज्युले मध्यपुर्वको भेलामा ल्याएको “Labour Summit” को अवधारणालाई संघ र मन्त्रालय मिलि अगाडी बढाउनु पर्ने कुरालाई उपाध्यक्ष के. सी.ले उजागर गर्नु भएको थियो । यस कार्यक्रमले नेपाल सरकारको ७,००,००० रोजगारी सृजना गर्ने लक्ष्यलाई सहयोग पुर्याउने कुरा संघका सल्लाहकार रामेश्वर साहले राख्नु भएको थियो । वैदेशिक रोजगार विभगाका महानिर्देशक कुमार प्रसाद दाहालले नेपालमा यस प्रकारको ठुलो सम्मेलन रोजगारी प्रवर्धनको लागि आवश्यक रहेको कुरा राख्नु भएको थियो । यसैगरी वैदेशिक रोगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले नेपाली श्रमिकलाई वैदेशिक गन्तब्य तथा नेपालमै गुणस्तरीय रोजगारी सृजना गर्न यो सम्मेलन कोशे ढुंगा हुने कुरा प्रकाश पार्नु भएको र गैरआवासीय नेपाली संघ संग सहकार्य गर्नको लागि जोड दिनु भयो । यस सम्मेलनले नेपालमा रोजगारी गर्न आएका भारत, बंगलादेश र चीनका श्रमिकहरुलाई प्रतिस्थापन गर्न क-कस्ता उपायहरु अवलम्बन गर्नु पर्छ भन्ने बारेमा समेत ठोस योजना तय गर्न मद्दत मिल्नेमा सहभागीहरुको राय रहेको थियो ।

पहिलो चरणमा यसको प्रारम्भिक प्रस्तावना तयार पारी सरोकारवाला निकायहरुसंग छलफल गर्नु पर्ने जरुरि रहेको निष्कर्ष छलफलबाट आएको थियो । तसर्थ, प्रारम्भिक प्रस्तावना तयार पार्न मन्त्रालय, संघ, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार वोर्ड मिलेर कार्य गर्न सहमित भएको थियो ।

सचिवालय गैरआवासीय नेपाली संघ ।

१० नोभेम्बर २०२० ।