Loading Events

« All Events

  • This event has passed.

गैरआवासीय नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता

May 1, 2021 @ 10:00 am - 3:30 pm

गैरआवासीय नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने 

एनआरएन र अनेसासको पहिलो साहित्यिक कार्यक्रम, प्रथम हुनेलाई एक हजार डलरको पुरस्कार ।

देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् । यस प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने एकजनालाई एक हजार डलरको पुरस्कार प्रदान गरिनेछ। यसैगरी दोश्रो हुनेलाई पाँच सय डलर र तेश्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ। यस्तै अंग्रेजी भाषामा लेखिएको उत्कृष्ठ एक कवितालाई दुइसय डलरको पुरस्कार प्रदान गरिनेछ ।

Details

Date:
May 1, 2021
Time:
10:00 am - 3:30 pm