News

  • Home
  • News
  • हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना



ब्यबस्थापिका संसदमा आइतबार भएको निर्वाचनमार्फत् नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय खड्गप्रसाद (केपी) शर्मा ओलीज्यू प्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । संविधान निर्माणसागै मुलुकमा शान्ति तथा स्थायित्व कायम भई सम्बृद्धिको यात्रा तय गर्ने अपेक्षा गरेका बिदेशमा बस्ने हामी लाखौं गैरआवासीय नेपालीहरुले नयाा सरकार गठनलाई उत्साहका साथ नियालिरहेका छौं । नयाा सरकारले केही सयमयता मुलुकमा देखिएको असहज परिस्थीतिको अन्त्य गर्दै नयाा संविधानलाई संस्थागत गर्ने छ भन्ने हाम्रो बिश्वास रहेको छ ।  नेपालको सम्बृद्धिमा साझेदार बन्ने उत्कट चाहनासहित गैरआवासीय नेपालीहरु यतिबेला राष्ट्र पुन:निर्माणमा समाहित हुन आतुर छन् । सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा बन्ने नयाा सरकारसाग गैरआवासीय नेपाली संघ सहकार्य र समन्वय गरेर सम्बृद्धिमा साझेदारी गर्न तयार रहेको अवगत गराउन चाहान्छु । अन्त्यमा  नयाा सरकार नेपालमा शान्ति, स्थायित्व र सम्बृद्धिको सम्बाहक बन्न सकोस् भन्ने शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु ।

 

शेष घले

अध्यक्ष,

अन्तर्राष्ट्रिय समन्वय परिषद,

गैरआवासीय नेपाली संघ ।