News

  • Home
  • News
  • सम्माननीय सभामुख र अर्थमन्त्री संग भेटघाट

सम्माननीय सभामुख र अर्थमन्त्री संग भेटघाट



काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्माननीय सभामुख ओनसरी घर्तीसंग भेट गरी समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

 

सर्वप्रथम अध्यक्ष घलेले राष्ट्रलाई पुराएको योगदानको कदर स्वरुप यस गरिमामय पदमा पुग्न सफल भएकोमा बधाई दिंदै राष्ट्रले प्रथम महिला सभामुख पाउँदा सारा नेपालीहरु गौरवान्वित भएको वताउँदै सफल कार्यकालको लागि शुभकामना दिनु भयो । अध्यक्ष घलेले सभामुखलाई गैरआवासीय नेपाली संघका बारेमा अवगत गराउँदै यसका उदेश्य, यसले हासिल गरेका उपलब्धीहरु र विश्वभर फैलिएका नेपालीहरुलाई एकिकृत गरी बिकास गरेको नेपालीहरुकै एक मात्र अन्तर्राष्ट्रिय संजाल भएकोले यसको महत्व र उपयोगिताबारे प्रकाश पार्नु भयो । उहाँले संघ महिला तथा युवाको बिकासमा संवेदनशिल रहेको र बिदेशमा श्रमका लागि गएका महिलाहरुको हकहितको सम्र्वद्धन र प्रवद्र्धन गर्दै महिला सशक्तिकरणमा अग्रसर रहेको जानकारी गराउनु भयो । अघोषित भारतीय नाकाबन्दीका कारण देशमा आई परेको यस बिषम् परिस्थिति र यसले निम्त्याएका मानविय समस्याहरु न्यूनिकरण गर्न संघको भूमिका कस्तो रहनेछ र के कस्ता योजनाहरु बनाइरहेको छ भन्ने बारे सभामूखलाई अवगत गराउँदै संघले विश्वभर रहेका आफ्ना संजालमार्फत यस मुद्दाको अन्तर्राष्ट्रियकरण गर्ने जानकारी अध्यक्ष घलेले जानकारी गराउनु भयो । सभामुखले गैरआवासीय नेपाली संघको कृयाकलापहरुबारे आफू जानकार रहेको र निकै रुचिपूर्वक हेरिरहेको वताउँदै भूकम्पताका गरेको उद्धारले संघ नेपाल र नेपालीको मन जित्न थप सफल भएको औंलाउनु भयो । संघले निर्माण गर्न लागेको १ हजार घरले भूगोलको दृष्टिले कोशौं दूर रहेतापनि भवनमा गैरआवासीय नेपालीहरु संधै आफ्नो राष्ट्र र राष्ट्रबासीहरुसंग गाँसीरहेको प्रमाण दिएको उद्घोष गर्नु भयो । उहाँले पुन:निर्माणमा देखिएका ढिलाई चाँडै नै ऐन मार्फत संवोधन गरिने र यसका लागि आवश्यक गृहकार्य भई सकेको हुँदा छिट्टै नै व्यवस्थापिका संसदमा पेश गरिने जानकारी दिनुभयो । गैरआवासीय नेपाली नागरिकताको व्यवस्थामा समेत आफु सचेत रहेको र यस बिषय सुझाव लिन सधै तयार रहेको वताउनुभयो । उहाँले राष्ट्रले प्राप्त गरेको संविधान दक्षिण एसियाकै उत्कृष्ट भएको र यसले देशमा नयाँ बिहानी ल्याएको भन्दै यो संविधान महिलामैत्री भएको र व्यवस्थापिका संसदमा ३३ प्रतिशत महिलाको व्यवस्था कायम गर्न सफल भएको औंलाउनु भयो । संविधान निरन्तर परिवर्तन हुने दस्तावेज भएकोले यसबाट कोहि पनि अहात नहुन पर्ने बिचार व्यक्त गर्नुभयो । अन्त्यमा, सम्माननीय सभामुखले नेपाली जन्तालाई थप अधिकार दिन पछि पर्न नहुने तर, राष्ट्रलाई विभाजन गर्ने अधिकार कसैलाई दिन नसक्ने भन्दै हालै बेलायतमा भएको भारतीय नाकाबन्दी बिरुद्धको बिरोध प्रर्दशन स्वागतयोग्य रहेको भन्दै यसका लागि धन्यवाद समेत दिनु भयो ।

 

अर्थ मन्त्रीसंग भेट 

अध्यक्ष घलेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ मन्त्री विष्णु पौडेलसंग भेट गरी अर्थ मन्त्रालय जस्तो महत्वपूर्ण जिम्मेवारी पाउनु भएकोमा वधाई दिंदै यस संवेदनशिल घडिमा राष्ट्रको आर्थिक क्षेत्रलाई चलायमान राख्न सफलता मिलोस भनी शुभकामना दिइयो । अध्यक्ष घलेले संघले पुन:निर्माणमा गर्न लागेका कामहरुबारे जानकारी गराउँदै संघको १ हजार घर निर्माण गर्ने योजना सुरुवात मात्र भएको र आपेक्षकृत प्रतिफल आएमा यसमा थप हुदैं जाने जानकारी दिनुभयो । यो परियोजनाले घरमात्र नभई स्वयंमसेवकहरुको परिचालन मार्फत सिप हस्तान्तरण र उद्ययमशिलताको बिकास गरी स्वाबलम्बी समाजको निर्माणमा प्रेरित गर्ने बताउन भयो । उहाँले यो परियोजना अरुका लागि समेत अनुकरणीय हुने गरी नमूना बनाउने सोंच रहेको जानकारी दिनुभयो ।

 

 

 

भूकम्प पछिको पीडाको संवोधन गर्न नपाउँदै राष्ट्रलाई आईपरेको यस बिष्म परिस्थितिमा संघले के कस्तो भूमिका खेल्नेछ र कसरी सहयोग गर्न सक्छ भन्ने बिषयमा जानकारी गराउँदै तत्काल संघले सरोकारवालाहरुसंग छलफल र बिचारबिमर्श गरी अतिआवश्यक औषधीहरु हवाई मार्गबाट ल्याउन लागेकोले यसमा लाग्ने राजश्व मिनाह गरिदिन अर्थ मन्त्रीलाई अनुरोध गर्नुभयो । अध्यक्ष घलेले यसरी प्राप्त हुने औषिधीहरु नेपाल सरकारद्वारा संचालित स्वास्थ संस्थाहरु मार्फत उपभोक्तासम्म पुराईने जानकारी समेत गराउनु भयो । प्रथम चरणमा संघले ३ करोड सम्मको अतिआवश्यक औषधि ल्याउने र यो स्थिति लम्बिएमा दोस्रो चरणमा ७ करोडसम्मको थप औषधि ल्याई यो जटिल समस्या केहि न्यूनिकरणगर्न सहयोग गर्ने जानकारी दिनुभयो ।  अर्थ मन्त्री पौडेलले गैरआवासीय नेपालीहरुले संघमार्फत खेल्दै आएको भूमिका र जिम्मेवारी प्रसंशनीय भएको र मुलुकले भोगेको समस्यालाई आफ्नै समस्या जस्तो महशूस गर्ने परिपाटी बिकास भएकोमा मुक्तकण्ठले प्रसंशा गर्दछु भन्नु भयो । उहाँले गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सम्बन्ध अनन्तसम्म रहिरहने र एकआर्कासंग सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने बताउनु भयो ।  भूकम्प र नाकाबन्दी जस्ता अनपेक्षित घटनाबाट भएको क्षतिले अर्थतन्त्र तहसनहस भएको भन्दै उहाँले गैरआवासीय नेपाली संघसंगको सहकार्यमा पुन:निर्माणलाई तत्कालै अगाडी बढाइने प्रतिबद्धता जनाउनु भयो । मन्त्री पौडेलले नेपाली जन्ताले लोकतान्त्रीक विधिबाट ९० प्रतिशत प्रतिनिधिहरुको सहमतिमा ल्याएको लोकतान्त्रीक संविधान, जसमा अधिकार धेरै र कर्तव्य कमको व्यवस्था गरिएकोछ, लाई लिएर यत्रो ठूलो कष्ट जन्ताले भोग्नुको औचित्य नभएको वताउनु भयो । गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ ।

मिति: २०७२ कार्तीक ३० गते