News

  • Home
  • News
  • संघद्वारा अतिथिहरुलाई स्वागतः

संघद्वारा अतिथिहरुलाई स्वागतः



गैरआवासीय नेपाली संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आज गैरआवासीय नेपाली संघको पहलमा संयुक्त अधिराज्यबाट आएको एक टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरियो । ३९ औ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर गरिएको कार्यक्रममा संघका उपाध्यक्ष एवं नेपाल प्रबर्द्धन समितिका सभापति सपीला राजभण्डारी ,संघका सहकोषाध्यक्ष एवं नेपाल पर्यटन प्रबर्धन उपसमितिका संयोजक सोम सापकोटा लगायतको उपस्थिति थियो ।

 

 

बेलायतको लण्डन शहरका काउन्सेलर सहितको पर्यटकीय टोली नेपाल ल्याउने कार्यको पहल बेलायतबाट प्रतिनिधित्व गर्नु हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सदस्य पशुपति भण्डारीले गर्नु भएको थियो ।
यही आउने अक्टोवर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाइदैछ र गैरआवासीय नेपाली दिवसको समयमा संघले विभिन्न कार्यक्रम गर्ने गरेको छ र आजको यो स्वागत कार्यक्रमलाई पनि गैरआवासीय नेपाली दिवस कै कार्यक्रमको रुपमा लिइएको छ ।
गैरआवासीय नेपाली संघ ।